छ वटा बैंकले एकीकृत कारोबार सुरु गर्ने

माघ ६ , काठमाडौ

नेपाल इन्भेष्टमेन्ट बैंक–मेगा बैंक, ग्लोबल आइएमई बैंक–बैंक अफ काठमाण्डू र प्रभु बैंक–सेन्चुरी कमर्सियल बैंक (एक्विजिसन) नामक चारवटा वाणिज्य बैंकको मर्जरको काम आगामी जनवरीको दोस्रो सातासम्ममा सम्पन्न हुने बैंकिङ क्षेत्रले जनाएको छ ।

ग्लोबल आइएमई-बैंक अफ काठमाण्डू मर्जरले आफ्नो एकीकृत कारोबारको सुरुवातसँगै जनवरी ९ मा तार्किक निष्कर्षमा पुग्ने छ । मर्जरपछि मर्जर हुने संस्थाको नाम ग्लोबल आइएमई बैंक रहनेछ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार माघ ११ गतेबाट सुरु हुनेछ । नेपाल इन्भेष्टमेन्ट–मेगा बैंकको मर्जर १ः०९ को स्वैप रेसियोमा हुनेछ । मर्जरपछि ३४ अर्ब ४३ करोड चुक्ता पुँजीसहितको बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामले परिचित हुनेछ ।

राष्ट्र बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीचको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो । सोही बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरलाई पनि अन्तिम स्वीकृति दिएको छ ।

मर्जरपछि ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहनेछन् भने मर्जरपछि बनेको नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमईका वर्तमान प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनेछन् । त्यसैगरी मर्जरपछि नेपाल इन्भेष्टमेन्ट बैंकका प्रजन्यराज भण्डारी र कवि तिभ्रेवाला सञ्चालक बन्ने छन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डे र मदनकुमार आचार्य मर्जरपछि सञ्चालक बन्ने छन् । नेपाल इन्भेष्टमेन्ट बैंकका एक जना सञ्चालकको टुंगो लाग्न बाँकी छ ।

प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि दुवै बैंकले जनवरी १३ मा एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेका छन्। प्राप्तिपछि बैंकको नाम प्रभु बैंक रहनेछ। प्रभु बैंकले सेन्चुरी बैंकलाई १:१ को स्वाप रेसियोमा प्राप्त गर्दैछ ।

2014 मा 32 पुगेको कुल वाणिज्य बैंकको संख्या यी सबै मर्जर र एक्विजिसन पूरा भएमा यो वर्ष 22 पुग्नेछ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर