
काठमाडौं, भाद्र २७ –
अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्। केहीबेर अघि सम्पन्न कार्यक्रममा पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीले नेपालको पहिलो महिला अन्तरिम प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेकी हुन्।
राष्ट्रपति पौडेलले आजै उनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।