सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने सहमति, संसद् विघटनको विषय अझै अलमलमा

काठमाडौँ, ] — पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेल र कार्कीबीच जङ्गी अड्डामा भएको गोप्य बैठकबाट उक्त सहमति बनेको स्रोतहरूले जनाएका छन्।

सरकार विहीनताको अवस्थाबाट मुलुकलाई निकास दिन संसद् बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र संसद् विघटन गर्ने विषयमा चलिरहेको विवादबीच यस्तो सहमति जुटेको हो। तर, संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा अझै स्पष्ट निर्णय भइसकेको छैन।

जेन-जीको दबाब निर्णायक

जेन-जी (जनआन्दोलनका अग्रपंक्तिका समूह) ले आफ्ना मागहरू पुरा नभए शीतल निवास घेराउ गर्ने र राष्ट्रपतिलाई थुतेर बाहिर निकाल्ने चेतावनी दिएपछि राष्ट्रपति पौडेल पछाडि हटेका थिए। यसैको दबाबमा अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने प्रस्ताव अघि बढाइएको बताइएको छ।

जेन-जी पक्ष संसद् विघटनको एजेन्डाबाट पछि हट्न तयार छैन। त्यसैले संसद् विघटन नगरी नै कार्कीलाई नियुक्त गर्ने कि विघटनपछि मात्र गर्ने भन्ने विषयमा राष्ट्रपतिले दलहरूसँग थप परामर्श सुरु गरेका छन्।

आजै प्रधानमन्त्री नियुक्त हुन सक्ने

संसद् विघटन गर्ने वा नगर्ने विषयमा सहमति जुटेमा सुशीला कार्कीलाई आजै अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिने तयारी गरिएको स्रोतको दाबी छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर