पोर्चुगलमा ‘डम्फु सेलो तथा म्हेन्दो माया साँझ’हुँदै,गायक विश्व दोङको विशेष प्रस्तुति

पोर्चुगल । तामाङ समुदायको मौलिक कला,संस्कृति,भाषा,भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ तामाङ समाज पोर्चुगलले आगामी अगष्ट ९ तारिख आइतबार लिस्बनमा पहिलो पटक “डम्फु सेलो तथा म्हेन्दो माया साँझ” आयोजना गर्ने भएको छ। कार्यक्रम लिस्बनस्थित ‘रिपब्लिका दा म्युजिक हलमा’ मा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

डम्फु सेलो र म्हेन्दो माया गीत सङ्गीतलाई नयाँ पुस्तामाझ परिचित गराउने,समुदायबीच आपसी सद्भाव,एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने र भइपरी आउने दुखत समस्यालाई समाधानका लागि तामाङ अक्षय कोष निर्माण गर्ने उदेश्यका साथ तामाङ समाज पोर्तुगलले पोर्तुगलमा पहिलो पटक ूडम्फु सेलो तथा म्हेन्दो माया साँझु कार्यक्रम भव्य रूपमा आयोजना गर्न गइरहेको हो।

विदेशी भूमिमा बसोबास गरिरहेका नेपाली तथा विशेषगरी तामाङ समुदायलाई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा डम्फु सेलो, म्हेन्दो माया गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित नेपाली तथा सेलो गायक संगीतकार विश्व दोङको विशेष तथा भव्य सांगीतिक प्रस्तुति रहनेछ। साथै, सेलो गायक बाबु योन्जन र कुन्साङ वाईबा, म्हेन्दो माया गायक पुष्पा वाईबा,सेलो गायक रमित लामा,गायिका भारती तामाङ र दिपा तामाङ, रामकृष्ण तामाङको मनमोहक सांगीतिक प्रस्तुति पनि हुने आयोजकले जनाएको छ ।

कार्यक्रमले तामाङ समुदायबीच आपसी एकता, सद्भाव र भाइचारालाई अझ मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति र मौलिक संगीतसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

आयोजकले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवार, साथीभाइ तथा आफन्तसहित कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर