निकोसिया युथद्वारा रसुवा बाढीपीडितलाई २ लाख ८४ हजार सहयोग

साइप्रसमा रहेको निकोसिया युथले रसुवा बाढीपीडितका लागि रु. २ लाख ८४ हजार सहयोग गरेको छ।

तीज विशेष कार्यक्रममार्फत संकलित रकममध्ये संस्थाले रु. १ लाख २२ हजार नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

त्यस्तै, निकोसिया युथकै एक सदस्यसमेत बाढीबाट प्रभावित भएपछि उनलाई रु. १ लाख ६२ हजार आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ।

निकोसिया युथले यसअघि पनि रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरी रु. ३० हजार सहयोग गरेको थियो।

बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले आफ्नो क्षमताअनुसार निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
1
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर