नेपाल तामाङ घेदुङ साइप्रसको अध्यक्षमा नानीमाया मोक्तान तामाङ चयन

साइप्रस । नेपाल तामाङ घेदुङ साइप्रसको अध्यक्षमा नानीमाया मोक्तान तामाङ चयन भएकी छन्। सन् २०२६ नोभेम्बर १ (आइतबार) साइप्रसको निकोसियास्थित भण्डारी रेस्टुरेन्टमा सम्पन्न संस्थाको १०औँ वार्षिकोत्सव तथा पाँचौँ अधिवेशनले मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा डिल्ली योञ्जन तामाङ, उपाध्यक्षमा माया तामाङ, महासचिवमा अजय राज मोक्तान तामाङ, सचिवमा सरोज लामा तामाङ, कोषाध्यक्षमा सुस्मिना दोङ तामाङ र सहकोषाध्यक्षमा फुलमाया तामाङ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा विशाल योञ्जन तामाङ, पेम्बा छिरिङ लामा तामाङ, अरुणा तामाङ, मुना मोक्तान तामाङ, उमा दोङ तामाङ, बिन्दा कुमारी तामाङ, गंगामाया तामाङ, अजित तामाङ, अरुण दोङ तामाङ, विकास थोकर तामाङ, बसन्ती बोम्जन तामाङ र मुन्नी माया तामाङ चयन भएका छन्।

‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्वर्द्धन’ भन्ने मूल नाराका साथ सन् २०१६ अक्टोबर २३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रसले एक दशकको यात्रा पूरा गरेको छ। प्रवासमा तामाङ समुदायको पहिचान, एकता र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापित संस्थाले १० वर्षको अवधिमा निरन्तर सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ।

कार्यक्रम लामागुरुहरूद्वारा विधिपूर्वक पूजापाठ गरी सुरु गरिएको थियो। संस्थाका निवर्तमान अध्यक्ष प्रदीप ग्लान तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष दातानन्द पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा साइप्रसमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूमा गड ग्रेस सीएफका क्याप्टेन मनिष राज कायस्थ, सुदूरपश्चिमेली समाजकी अध्यक्ष रमिता चन्द ऋतु, झिगु नेवा समाज साइप्रसका सल्लाहकार पुष्कर श्रेष्ठ, अन्तर्राष्ट्रिय सेफ सोसाइटीका वरिष्ठ उपाध्यक्ष गोपाल तिमालसिना, निकोसिया युथ क्लबका अध्यक्ष सुरज कोइराला, शेर्पा किदुक साइप्रसकी प्रतिनिधि आङ्फुटी शेर्पा, मगर संघ साइप्रसकी वरिष्ठ उपाध्यक्ष आशा मगर, किरात याक्थुङ चुम्लुङ साइप्रसकी कौशिला लिम्बू, बाहुन क्षेत्री समाज साइप्रसकी कोषाध्यक्ष कल्पना न्यौपाने तथा हामी नेपाली एकता हाम्रो पहिचान समाजका सचिव पदमलाल तामाङलगायत रहेका थिए।

कार्यक्रम नेपाल तामाङ घेदुङ साइप्रसकी संस्थापक महासचिव तथा निवर्तमान प्रमुख सल्लाहकार माया लोप्चन तामाङले सञ्चालन गरेकी थिइन्।

नयाँ कार्यसमिति चयन भएसँगै साइप्रसमा रहेका तामाङ समुदायलाई एकताबद्ध गर्दै तामाङ भाषा, धर्म, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले आगामी दिनमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर