मानव अधिकार सम्मान–२०८३ बाट प्रा.डा.धर्मेन्द्र कुमार शाह सम्मानित

काठमाडौं। प्रा.डा. धर्मेन्द्र कुमार शाह मानव अधिकार सम्मान–२०८३ बाट सम्मानित भएका छन्। राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको १२औँ राष्ट्रिय सम्मेलन तथा अधिवेशनका अवसरमा शनिबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा शाहलाई सम्मान गरिएको हो।

यसैगरी, साधारण सभाका अवसरमा वरिष्ठ महिला अधिकारकर्मी भारती गिरीलाई ‘शान्ति र मानव अधिकार राष्ट्रिय सम्मान–२०८३’ प्रदान गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा १०२ वर्षीय वरिष्ठ अधिवक्ता एवं कानुनविद् कृष्णप्रसाद भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

सम्मेलनले लक्ष्मण नाथ उप्रेतीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा झापाका डा. रुपकप्रसाद खनाल, भक्तपुरका हरिचन्द्र भट्टराई र डा. इडा शर्मा निर्वाचित भएका छन्।

त्यस्तै, महासचिवमा रामेछापका घमान तामाङ, कोषाध्यक्षमा ललितपुरकी अनुराधा जोशी तथा उपमहासचिवमा प्रदीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा काठमाडौंका इन्दिरा चुडाल खरेल र टोपनाथ न्यौपाने (नवराज), भक्तपुरका राधाकृष्ण भण्डारी, रुपन्देहीका जितेन्द्र बन्जाडे (राजु) र उमाकान्ति खत्री (अर्चना) तथा सुनसरीका डा. कमलप्रसाद लिम्बु निर्वाचित भएका छन्।

सम्मेलनले मानव अधिकार संरक्षण, संवर्द्धन तथा सामाजिक न्यायका क्षेत्रमा प्रतिष्ठानको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर