रबिको सत्ता लालशाको दौडधुप

माघ १७ , काठमाडौ

नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला पस्चात रास्वपा सभापति रबी लामिछानेले गृहमन्त्री पदमात्रै गुमाएनन उनको सासद पद नै खोसिएको अवस्था छ । उनले आइतबार नै काठमाडौ जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिए भने राहदानी विभाग पुगेर राहदानी फिर्ता गरे । हाललाई उनको नागरिकता विवादमा सर्वोच्च अदालत केही लचिलो देखिएको छ यद्दपी उनको राहदानी दुरुपयोगको मुद्दा अझै बाँकी नै रहेको कानुनविदहरु बताउछन । नागरिकता सम्बन्धी सर्वोच्चमा परेको मुद्दामा उनलाई सहज के कारणले भएको हो ? भन्ने बारे उनी प्रष्ट छन , सर्वोच्चको मुद्दामा उनलाई कारबाही हुनुपर्ने मागदाबी गरिएको थिएन । तर , अदालतले पाएको जानकारीका आधारमा फैसलाको पूर्ण पाठमा के छ भन्ने सम्मको कुरा विचराधिन रहेको अवस्थामा रबीको कुदाइ भने आस्चर्यजनक छ ।

उनले दिनैपिच्छे जसो पुष १० मा भएको सत्ता साझेदारीको रटान लगाउदै ६ महिने गैरसासदका रुपमा मन्त्री बन्न पाउने प्रावधानमा रहेर आँफै गृहमन्त्री बन्ने तयारीमा छन । आफ्नो राहदानीको अनुसन्धानमा सघाउनुपर्ने नैतीक दायित्वसम्म बिर्सेंर अहिले रबिले गरिरहेको राजनीतिक लबिङले समग्र नयाँ अनुहारप्रती गरिएको विश्वासमा प्रश्न चिन्ह उब्जिएको छ । उनले प्रधानमन्त्री प्रचन्डलाई मात्रै २ दिन लगातार भेट गरेर गृहमन्त्री आफुलाई दिन लबिङ गरेका छन भने आज एमाले अध्यक्ष केपी ओलीसँग पनि यही बिषयमा भेट गरेका छन ।

उता रबीले गृहमन्त्री सम्बन्धी दाबी गरिरहदा सर्वोच्च अदालतमा मुद्दा दाँयार गर्ने मध्यका एक अधिवक्ता युवराज सफल उनलाई राहदानी दुरुपयोगसम्बन्धी कसुरमा सजायको मागदावी सहित आज टेकु प्रहरी परिसर र अध्यागमन विभाग पुगेका छन । यद्दपी सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएको भन्दै उनको उजुरी भने दर्ता भएन ।

यसरी, रबिले आफ्नै स्वार्थ बाझिने मन्त्रालयमा एकोहोरो दाबी गरिरहदा उनले टिभी कार्यक्रम सन्चालन गर्दा बोल्ने चर्को आवाज आज उनैतिर फर्किएको विष्लेशकहरु बताउछन ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर