‘बुस्टर डोजको खोप आजबाट दिइनेछ । हामीले मुख्यतया विदेश जानेलाई लक्षित गरी बुस्टर डोजको खोप दिन थालेका छौं,’ उनले भने ।

फागुन १२, काठमाडौँ
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज भ्याक्सिन दिन थालेको छ ।
अस्पतालका इमरजेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप दिइने बताए ।
‘बुस्टर डोजको खोप आजबाट दिइनेछ । हामीले मुख्यतया विदेश जानेलाई लक्षित गरी बुस्टर डोजको खोप दिन थालेका छौं,’ उनले भने ।
नेपालले कोभिड–१९ विरुद्धको थप बुस्टर डोज खोप सोमबार प्राप्त गरेको छ ।
नेपालले सोमबार ३ लाख ४५ हजार ६ सय डोज खोप प्राप्त गरेको थियो ।