भोलि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी

उक्त कार्यक्रम जेठ ५ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिने छ ।

जेठ ४ , काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दैछ । उक्त कार्यक्रम जेठ ५ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिने छ ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस सम्बन्धमा प्राप्त पत्र पढेर सुनाउनुभयो र सबै सदस्यलाई दिउँसो ३ः४५ बजेभित्र तोकिएको ड्रेस कोडमा बैठकमा उपस्थित भई आआफ्नो आसनमा बस्न निर्देशन दिनुभयो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर