एमालेले उम्मेदवारी दर्ताको दिन नै राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने बताउँदै उनले भने, ‘अहिलेको गठबन्धन समझदारी र सोचविचारका साथ बनेकाले कायमै रहनेछ ।’ फागुन ८, काठमाडौँ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै आगामी राष्ट्रपति हुने दोहोर्याएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले एमालेको उम्मेदवारलाई विजयी गराउन सहमति हुने विश्वास व्यक्त गरे । एमालेले उम्मेदवारी दर्ताको दिन नै राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने बताउँदै उनले भने, ‘अहिलेको गठबन्धन समझदारी र सोचविचारका साथ बनेकाले कायमै रहनेछ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीको पनि समर्थन रहेकाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई विजयी गराउने उनले बताए ।अर्को सन्दर्भमा उनले गणतन्त्रका लागि आत्तिनुपर्ने अवस्था नरहेको बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको भनाइप्रति उनले भने पूर्वराजा आँफैमा अन्योलमा छन ।" #केपी शर्मा ओली
एमालेको उम्मेदवार नयाँ राष्ट्रपति : अध्यक्ष ओली
😀
0
😍0
😢0
😡0
👍0
👎0

