माघ १८ , काठमाडौँ
नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।
मंगलबार पोखरामा बसेको क्रिकेट सञ्चालक समितिको कार्यकारी समितिको बैठकले लामिछानेमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको क्यान बोर्डका सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
लामिछानेले भदौ २१ गते १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अन्तर्गत मुद्दा चलाइएको छ भने उनीमाथि लागेको आरोप प्रमाणित भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

