दशरथ रंगशालामा साँझ भएको खेलमा ८९ औं मिनेटमा आदित्य शाक्यले गोल गर्दै थ्रीस्टारले लिगको लगातार दोस्रो जित निकालेको हो ।

फागुन ३० , काठमाडौँ
शहीद स्मारक ए डिभिजन लिग २०२३ मा सोमबार भएको खेलमा एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ ले र थ्री स्टार क्लबले रोयल ब्लू सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
च्यासल रंगशालामा दिउँसो भएको खेलमा खुमलटारका लागि मनिष थापा र स्टेफेन बिनोङले गोल गरे । २२औं मिनेटमा थापाले गोल गर्दै ६५औं मिनेटमा बिनङले अग्रता दोब्बर बनाए ।
८० औं मिनेटमा हिमालयन शेर्पाका लागि विश्व श्रेष्ठले एक गोल फर्काए ।
दशरथ रंगशालामा साँझ भएको खेलमा ८९ औं मिनेटमा आदित्य शाक्यले गोल गर्दै थ्रीस्टारले लिगको लगातार दोस्रो जित निकालेको हो । जितसँगै थ्रीस्टार तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
खुमलटार थ्रीस्टारभन्दा तल पाँचौं स्थानमा छ ।

