आइतबार न्यायाधीश दिलीराज आचार्य र श्रीधरकुमारी पुडसैनीको इजलासले शाहलाई सफाइ दिएको हो । आइतबार कार्यालय समय बन्द भएकाले आवश्यक प्रक्रियामा ढिलाइ भएपछि शाहलाई सोमबार रिहा गरिएको हो ।

१५ फागुन, दमौली ।
बाल यौन दुराचार मुद्दामा पोखरा उच्च अदालतबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) जेलमुक्त भएका छन् ।
बालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनले हिजो फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए र आज फागुन १५ गते रिहा भएका थिए ।
शाहलाई लिनका लागि उनका वकिल कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथीहरु कारागारभित्र पुगेका थिए । यस अवसरमा उनलाई खाजा र मालाले स्वागत गरिएको थियो ।
बालिकालाई बलात्कार गरेको उजुरी परे पनि नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुराचारको अभियोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाएपछि पल शाहले सफाइ पाएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट सफाइ पाएपछि शाह रिहा भएको जानकारी पाएपछि बिहानैदेखि उनका समर्थक दमौली पुगेका थिए । उनीहरुले पल शाहको समर्थनमा नाराबाजी समेत गरेका थिए । पललाई कागजी कार्य पूरा गरेपछि रिहा गरिएको थियो। दिदी रोशनीले पललाई रिहा गर्न कागजमा हस्ताक्षर गरिन ।
उनलाई स्वागत गर्नका लागि संगीतकार योगेशकाजीसहित केही चलचित्रकर्मी जेल पुगेका थिए । उनलाई रिहा गर्न तनहुँ कारागार बाहिर मानिसहरुको भीड लागेको छ । पल आफ्नो कपाल काटेर कालो ज्याकेट लगाएर बाहिर निस्कँदा फ्यानहरूले पनि उनको पक्षमा नारा लगाएका थिए ।
पल आज पोखरा पुगेर जहाजबाट काठमाडौं जानेछन् । उनलाई त्रिभुवन विमानस्थलमा फिल्मकर्मीले स्वागत गर्ने तयारी गरेका छन् ।
समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुटिङका क्रममा शाहले आफूलाई बलात्कार गरेको आरोपमा एक गायिकाले २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि गायिकाले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा २०७७ चैत ७ गते नवलपरासी पूर्वस्थित एक रिसोर्टमा आफूलाई शाहले बलात्कार गरेको भन्दै उजुरी पनि दिएकी थिइन् । त्यसपछि शाहलाई पूर्व नवलपरासी लगिएको र प्रहरीले उनको बयान लियो ।
तनहुँ जिल्ला अदालतबाट सफाइ पाए पनि पूर्व नवलपरासी (नवलपुर) जिल्ला अदालतले उनलाई साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने आदेश दिएको थियो । त्यसविरुद्ध शाहले अपिल गरेका थिए ।
आइतबार न्यायाधीश दिलीराज आचार्य र श्रीधरकुमारी पुडसैनीको इजलासले शाहलाई सफाइ दिएको हो । आइतबार कार्यालय समय बन्द भएकाले आवश्यक प्रक्रियामा ढिलाइ भएपछि शाहलाई सोमबार रिहा गरिएको हो ।
कसरी सम्भव भयो रिहाइ ?
आम समर्थक बिच उनी निर्दोष ठहर भएको बुझाई भएतापनी उनलाई रिहाइ गराउन नाबालिक गायिकाको फेरिएको बयानले मद्दत गरेको हो । शाहका समर्थकहरुको चर्को दबाबका कारण पीडितले बयान फेरेको बुझ्न गाह्रो देखिदैन । स्पश्ट रुपमा शाह स्वयमले “बियर बोकी १२ बजे राती नाबालिका भएको कोठामा पुगेको ” भन्ने सम्मको बयान दिदा समेत उनले उन्मुक्ती पाउनुको एउटै मात्रै कारण पीडितले बयान फेर्नु हो । शाहले बलात्कार गरेको दाबी पुष्टि हुन नसकेतापनी नवलपरासी पुर्व जिल्ला अदालतले उनलाई बाल यौन दुरुपयोग गरेको कसुर लगाएको थियो । नेपाल जस्तो मुलुकको सामाजिक आर्थिक अवस्था चित्रण गर्दा केश होस्टाइल हुनु सामान्य भएतापनी यसरी चर्चामा रहेको केशमा सफाइ पाउनुले भने बालबालिकाहरुले अब आफु माथि भएको दुर्व्यवहाँरबारे मुख खोल्लान त ? प्रश्न अनुत्तरित छ ।

