नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउसो सवारी आगमनमा रोक लगाइने

पहाड काट्ने काम पूरा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय चितवनले थप १५ दिन सडक बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

फागुन ७ , काठमाडौ

नारायणगढ–मुग्लिन सडकखण्ड अझै १५ दिन दिउँसो सवारी आवागमनका लागि बन्द हुने भएको छ । राजमार्गमा पुल निर्माणका लागि विस्तारको काम गर्न सडकखण्ड बन्द गरिएको हो । यसअघि गत पुस २० गतेदेखि ३० दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको थियो भने एक महिनापछि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न थप ३० दिन थपिएको थियो । पहाड काट्ने काम पूरा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय चितवनले थप १५ दिन सडक बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । सडक विस्तार पछि ट्राफिक प्रवाह कायम राख्न।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर