पुँजीगत खर्च बढाउन सरकार संघर्षरत

माघ ६ , काठमाडौ

सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन । पटक–पटक प्रयास गर्दा पनि वर्षौंदेखि कुनै पनि सरकारले विकास निर्माणमा खर्च बढाउन सकेको छैन । साथै, आर्थिक समृद्धिका लागि आवश्यक पुँजीगत खर्च बढाउन सरकारले कुनै पहल गर्न सकेको छैन ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य दिनेशचन्द्र देवकोटा संरचनागत कमजोरीका कारण पूँजी खर्च गर्न नसकिएको बताउँछन् । ‘संरचनामा आमूल परिवर्तन हुनुपर्छ । काम गर्न नसकेर मात्रै काम थप्ने प्रवृत्तिबाट टाढिनुपर्छ,’ देवकोटाले भने ।

सङ्घीयतामा परिणत हुँदा पूँजीगत खर्चमा बृद्धि र देशको द्रुत विकासको आशा र अपेक्षाहरू ल्याइयो। तर, नयाँ प्रणालीमा विकास गर्ने वाचा गरिए पनि संघीय सरकारले पूँजीगत खर्च बढाउन कुनै पहल गर्न नसकेको विज्ञहरुको दाबी छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर