प्रधानमन्त्री दाहालले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिन नेपाली काँग्रेसलगायत अन्य दलसँग छलफल शुरु भएको जानकारी दिए ।

चैत्र ७ ,काठ्माडौँ
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । गोरखाको हर्मीमा आज पान्थडीही–कटहरे–हर्मी–सहिलटार सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिन नेपाली काँग्रेसलगायत अन्य दलसँग छलफल शुरु भएको जानकारी दिए ।
उनले थपे, ‘रोटेशन प्रणालीमा सरकार चलाउने सबै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौँ ।’ प्रधानमन्त्रीले तीनै तहका सरकारबीच आगामी दिनमा जनताको विकास, निर्माण र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न एकीकृत रूपमा काम अगाडि बढाउने योजनासहित बैठक आयोजना गर्न लागिएको बताउनुभयो ।

