बाजुरामा भूकम्पमा परी एक जनाको मृत्यु

बाजुरामा भुकम्प पश्चात भत्किएको घर

माघ १० , काठमाडौँ

बाजुरालाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले जानकारी दिए । भूकम्पबाट धेरै घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हिमाली गाउँपालिकाको बिछायनमा केन्द्रबिन्दु बनाएर गएको ५.९ म्याग्नीच्युडको भूकम्पले पश्चिम नेपाललाई धक्का दिँदा सर्वसाधारण घरबाहिर निस्किएका छन् ।

दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर