माघ ६ , काठमाडौ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकमा भरपर्दो हवाई सेवा उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च अधिकारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्री किराँतीले क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका पदाधिकारीहरुसँग छलफल गरी हवाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएका थिए । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार मन्त्रालयले अधिकारीहरूलाई नतिजामूलक ढंगले काम गर्न आग्रह गरेको छ ।
‘हवाई सेवा पूर्वाधारको विकासमा फड्को मार्ने काममा लाग्न’ मन्त्रीले क्यानलाई आग्रह गरे ।
समयसापेक्षतामा पनि मन्त्रीको ध्यान थियो ।
भ्रमणका क्रममा मन्त्री किराँतीले क्यानको सेवा प्रणालीका बारेमा जानकारी लिनुभएको प्रवक्ता निरौलाले जानकारी दिए । (रासस)

