माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ रोक्दै पदाधिकारी बैठक बोलायो

नागरिकबोली संवाददाता । फागुन २४

नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गर्दै आएको ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ रोक्दै पार्टी पदाधिकारी बैठक आह्वान गरेको छ।

सामाजिक सञ्जालदेखि सडकसम्म राजसंस्थाका समर्थकहरू सक्रिय रूपमा देखा पर्न थालेपछि, नयाँ राजनीतिक रणनीति तय गर्न बैठक बोलाइएको माओवादी नेताहरूले नेपालखबरलाई जानकारी दिएका छन्। ती नेताका अनुसार आइतबार पदाधिकारी बैठक बस्नेछ।

‘सरकारको कार्यशैलीले जनतामा असन्तुष्टि बढ्दै गएको छ। राजसंस्थाका पक्षधरहरू पनि सक्रिय बन्दै गएका छन्,’ ती नेताले भने, ‘अन्य दलहरू मौन देखिए पनि, गणतन्त्र स्थापनाको नेतृत्व माओवादीले गरेको हो र यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीकै हो भन्ने सन्देश फैलाउन अभियानलाई हाललाई स्थगित गरिएको हो।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यका अनुसार तराई क्षेत्रमा होलीको चहलपहल सुरु भएकाले, साथै समसामयिक राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल आवश्यक देखिएकाले अभियान केही समयका लागि रोकिएको हो।

‘तराईमा होलीको माहोल छ। यसैबीच, राजनीतिक घटनाक्रम तीव्र रूपमा बदलिँदै गएकाले छलफल आवश्यक भएको देखियो,’ उनले भने, ‘सरकारका कामकारबाहीमाथि असन्तुष्टि बढ्दै गइरहेको छ, साथै वर्तमान व्यवस्थामाथि आक्रमण गर्ने प्रयासहरू भइरहेकाले, माओवादीले सचेत र सक्रिय भूमिका खेल्न तयारी थालेको छ।’

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर