रवि लामिछाने पुन: रास्वपा पार्टी अध्यक्ष

माघ १५ ,काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार रवि लामिछानेलाई पार्टीको अध्यक्षमा पुनर्बहाली गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः पदमा बहाल गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्त गर्न नसकेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री र गृहमन्त्रीको हैसियत खारेज गरेको दुई दिनपछि नै लामिछाने पार्टीको शीर्ष पदमा फर्किएका हुन् ।

अदालतको फैसलासँगै लामिछानेले मन्त्री पद मात्र गुमाएनन, पार्टीको अध्यक्षता पनि गुमाएका थिए । राजनीतिक दलको सदस्य बन्न र नेतृत्व गर्न नेपाली नागरिक हुनुपर्छ ।

लामिछानेले नेपाली नागरिकता फिर्ताका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेका हुन् । र, त्यसपछिको पार्टी बैठकले उनलाई पदमा पुनर्बहाली गरेको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर