संघीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै आज दिउँसो २ः३१ बजे बस्ने भनिएको संसदको बैठक विशेष कारणवश स्थगित गरिएको जनाएको छ ।

काठमाडौं, वैशाख ६,
राष्ट्रियसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै आज दिउँसो २ः३१ बजे बस्ने भनिएको संसदको बैठक विशेष कारणवश स्थगित गरिएको जनाएको छ ।
अर्को बैठकको मिति र समय राष्ट्रिय सभा अध्यक्षले तोके बमोजिम अर्को सूचना मार्फत जानकारी दिइने संसदका महासचिव डा भरतराज गौतमले सूचनामा जानकारी दिनुभयो ।

