नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले जनता समाजवादी पार्टीका रामसहयप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

चैत्र १ , काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।
राप्रपा गत साता भएको राष्ट्रपतिको निर्वाचनबाट पनि बाहिरिएको थियो ।
यसअघि राजतन्त्र समर्थक पार्टीका नेताहरूले राष्ट्रपतिको निर्वाचनमा भोट हाल्नु पार्टीको राजनीतिक कार्यदिशाविपरीत हुने बताउँदै आएका थिए ।
यसैबीच नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आगामी उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहयप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

