भ्रष्टाचार नियन्त्रण गर्ने जनताको अपेक्षा रहेको बताउँदै उनले यो अपेक्षा आफूले पूरा गरेको बताए । उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले सञ्चारकर्मीसँग कुरा गरेका हुन् ।

चितवन, वैशाख १२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टी सुशासनको एजेण्डाका आधारमा समृद्धिको यात्रामा अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने जनताको अपेक्षा रहेको बताउँदै उनले यो अपेक्षा आफूले पूरा गरेको बताए । उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले सञ्चारकर्मीसँग कुरा गरेका हुन् । “जनताले सुशासनको अपेक्षा गरेका छन्। हाम्रो मुख्य एजेन्डा सुशासन हो। जनताले यो अपेक्षालाई समर्थन गरेको मैले महसुस गरेको छु,” उनले भने। अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफ्नो जिम्मेवारी थपिएको बताउँदै उनले कुनै पनि राजनीतिक निर्णय जिम्मेवारीका साथ लिने अवस्था आएको बताए । उनले भने, ‘धेरै जिम्मेवार भएर ठूला राजनीतिक निर्णय लिनुपर्छ भन्ने अवस्था सिर्जना भएको छ । मैले यो जिम्मेवारीपूर्वक लिएको छु ,’ उनले भने ।अर्को टिप्पणीमा उनले आफूले वर्तमान सरकारलाई समर्थन गर्नु केही अवस्थामा अप्रासंगिक भएको महसुस गरेको बताए । तर, संघीय राजधानी काठमाडौं पुगेपछि नै यस विषयमा समीक्षा गरी निर्णय लिने उनले बताए ।

