लिमासोल, साइप्रस।
साइप्रसको लिमासोलमा रहेका नेपाली समुदायको लागि एक भव्य सांगीतिक उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली फुटबल तथा सामाजिक संस्था गडग्रेस फुटबल क्लब (God Grace Football Club) ले नेपालका चर्चित तथा लोकप्रिय गायक उर्गेन दोङ लाई आमन्त्रण गरी बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
सांगितिक माहौलमा नेपाली स्वाद
नोभेम्बर ९ मा लिमासोलको नियो फिएस्टा ब्याङ्क्वेट हल (Neo Fiesta Banquet Hall) मा आयोजना हुने यस कार्यक्रमको मुख्य आकर्षण गायक उर्गेन दोङ को ‘लाइभ’ प्रस्तुति रहनेछ। दोङले आफ्ना लोकप्रिय गीतहरू मार्फत साइप्रसवासी नेपाली दर्शकहरूलाई मनोरञ्जनको पूर्ण खुराक दिनेछन्।
आयोजकहरूका अनुसार, यो कार्यक्रम केवल मनोरञ्जनमा मात्र सीमित नभएर साइप्रसमा रहेका नेपालीहरूबीच भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको हो।
टिकटमा विशेष सुविधा
कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति €२० युरो को टिकट शुल्क तोकिएको छ, जसमा दर्शकहरूलाई स्वादिष्ट नेपाली खाना को समेत व्यवस्था गरिएको छ। आयोजकले टिकट खरिद गरी कार्यक्रम सफल पार्न सबैलाई अनुरोध गरेका छन्।
यातायात सुविधा:
साइप्रसका विभिन्न शहरहरूबाट कार्यक्रम स्थलसम्म दर्शकहरूलाई आउन-जान सहज होस् भन्ने उद्देश्यले विशेष बस सेवा को समेत व्यवस्था गरिएको गडग्रेस एफसीले जानकारी दिएको छ।

टिकट तथा थप जानकारीका लागि भोलन्टियर साथीहरूलाई सिधै सम्पर्क गर्न सकिनेछ।
“साइप्रसमा रहेका नेपाली कलाप्रेमीहरूलाई एकै ठाउँमा जुटाएर एउटा अविस्मरणीय साँझ प्रदान गर्नु हाम्रो उद्देश्य हो। हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नोभेम्बर ९ मा Neo Fiesta Banquet Hall मा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।” – आयोजक टिम, गडग्रेस फुटबल क्लब

