NRNA नेदरल्यान्ड्स • अक्टोबर २७, २०२५ • एम्स्टर्डम

गैरआवासीय नेपाली संघ (NRNA) नेदरल्यान्ड्सले नेपालीहरूको महान चाडपर्व दशैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम “शुभकामना साँझ २०२५” आयोजना गर्ने भएको छ।
कार्यक्रम अक्टोबर २७, २०२५ (सोमबार) का दिन एम्स्टर्डम, Humberweg 5 (1043 AC Amsterdam) मा आयोजना हुनेछ। कार्यक्रम दिउँसो ४:०० बजे (१६:००) बाट सुरु भई राति १२:०० बजे (२४:००) सम्म सञ्चालन गरिनेछ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य आकर्षणका रूपमा ख्याति प्राप्त गायक तुलसी सिवकोटी अतिथि प्रस्तुति दिनेछन्। सँगै नेदरल्यान्ड्समा बसोबास गर्ने स्थानीय कलाकारहरूको विविध सांगीतिक र सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ।
“विदेशमा रहेर पनि आफ्ना चाडपर्व, कला र संस्कृतिलाई जीवन्त राख्दै आपसमा शुभकामना आदानप्रदान गर्ने हाम्रो उद्देश्य हो।” — कार्यक्रम संयोजक, NRNA नेदरल्यान्ड्स
प्रवेश शुल्क: साधारण €20, विद्यार्थी €15. १२ वर्ष मुनिका बालबालिका र नेदरल्यान्ड्स भ्रमणमा रहेका बुवा–आमाहरूका लागि प्रवेश निःशुल्क राखिएको छ।
आयोजकले सबै नेपाली समुदाय तथा अन्य इच्छुकलाई कार्यक्रममा उपस्थित भई आफ्नो संस्कृति र एकताको उत्सव मनाउन आग्रह गरेका छन्।

