माघ ६ , काठमाडौ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यबाट गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् ।बहराइनको प्रतिष्ठित आइएसए अवार्ड पाएकोमा वरिष्ठ नेत्ररोग विशेषज्ञ रुइतलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले आज बिहान ट्विट गर्दै डा रुइतलाई बधाई दिएका हुन् ।
सन्देशमा उनले भनेका छन्, ‘प्रतिष्ठित ISA अवार्ड प्राप्त गरेकोमा वरिष्ठ आँखा विशेषज्ञ डा रुइतलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।मानव कल्याणमा उनको योगदानको कदर र सम्मान गरिन्छ। राज्यबाट उनको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।” सरकारले हालै हासिल गरेका उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने कुरालाई नजिकबाट नियालिरहेको डा रुइतले बताए ।
आँखा उपचार मार्फत मानव सेवामा पुर्याएको योगदानको कदर गर्दै बहराइन सरकारले उनलाई १३ करोड रुपैयाँ नगद पुरस्कारसहित आइएसए अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।

