सुनसरी घटनामा भएको ४ जनाको हत्याको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ

काठमाडौं । नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गरे।

उनले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।

उनले भने, ‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ। यही दिशामा जाँदा देशको कल्याण हुन्छ, यसमा हठ राख्ने कुरा स्वीकार्य हुँदैन।’ सांसद बरालले प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई सीमाको संवेदनशीलतालाई महसुस गर्न कति समय संसदले खर्च गर्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर