काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सुस्तामा भएको भारतीय पक्षको ज्यादतीमा नेपाल सरकार नभेटिएको विषयमा प्रश्न उठाएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार के हेरेर बसेको भन्ने प्रश्न गरिन् ।
‘दर्जनौँ ठाउँहरूमा छिमेकीबाट हाम्रो भूमि अतिक्रमण भइरहँदा हाम्रा नागरिक आफ्नै माटोमा असुरक्षित बनेर साहसिक रूपमा भूमिको रक्षा गर्न ढाल बनेर उभिएका छन्,’ उनले भनिन्, ‘आफ्नो माटो बचाउन जनता सीमामा लडिरहँदा यो सरकार के हेरेर बसेको छ ? तमाम विषयहरूमा सरकारले सदनमा जवाफ दिन पर्दैन र ?’