रसुवा बाढीपीडितलाई नेपाल राष्ट्रिय तामाङ घेदुङ र साइप्रस घेदुङद्वारा राहत वितरण

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई नेपाल राष्ट्रिय तामाङ घेदुङको केन्द्रीय कार्यालय र साइप्रस घेदुङको संयुक्त पहलमा राहत सामग्री वितरण गरिएको छ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय अध्यक्ष वीरबहादुर योञ्जनको प्रत्यक्ष संलग्नतामा बाढीपीडितका लागि खाद्यान्नलगायत आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। बाढीबाट प्रभावित व्यक्तिहरू हाल नागार्जुनस्थित सेल्टरमा आश्रय लिएर बसिरहेका छन्। अध्यक्ष योञ्जनले सोही सेल्टरमा पुगेर पीडितहरूलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो।

राहत वितरणका क्रममा अध्यक्ष योञ्जनले बाढीबाट प्रभावित १० जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। उहाँले आवश्यक परेको अवस्थामा बाढीपीडितहरूलाई नेपाल राष्ट्रिय तामाङ घेदुङको केन्द्रीय कार्यालय भवनमा समेत आश्रयको व्यवस्था गरिने बताउनुभयो।

बाढीका कारण पीडित बनेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष योञ्जनले विपद्को यस दुःखद् घडीमा नेपाल राष्ट्रिय तामाङ घेदुङ आवश्यक सहयोगका लागि सदैव तत्पर रहेको बताउनुभयो।

साइप्रसमा रहेको तामाङ समुदायको संस्था साइप्रस घेदुङ र नेपाल राष्ट्रिय तामाङ घेदुङको संयुक्त पहलमा गरिएको राहत वितरणले बाढीपीडितलाई तत्काल आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर