माघ १३, काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई टोलीमा फर्काउने विषयमा नेपालको कानुन अनुसार नै अगाडि बढ्ने जनाएको छ । क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाउने लामिछानेलाई नेपालको प्रचलित कानुनबमोजिम कारबाही गर्ने बताए । ‘आइसिसीले पनि नेपालको कानुनले जे भन्छ त्यही गर्न भनेको छ,’ उनले भने । ‘अहिले के गर्ने भनेर हामी छलफल गरिरहेका छौं। बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई पाटन उच्च अदालतले १० सर्त र २० लाख धरौटीमा रिहा गरेको हो ।
सन्दीपको टोलीमा फर्किने विषयमा कानुनबमोजिम अगाडि बढ्छौं : क्यान अध्यक्ष
😀
0
😍0
😢0
😡0
👍0
👎0

