महिला मैत्रिपूर्ण फुटबलमा नेपाल र भारतले खेले बराबरी

नेपालको तर्फबाट पहिलो हाफमा केही राम्रा प्रयासहरु भएपनी गोल भने हुन सकेन ।

फागुन ६, काठमाडौ

भारतमा जारी महिला फुटबल टिमको दुवै मैत्रिपूर्ण खेलमा नेपालले भारतको टोलीलाई बराबरीमा रोक्न सफल भएको छ । नेपाल भन्दा फिफा बरियतामा निकै माथि रहेको भारतको टोली सँगको प्रतिस्पर्धात्मक खेलमा नेपाल अब्बल देखिएको छ । आज साझ भएको दोश्रो खेलमा नेपालले ०-० को बराबरी खेल्यो भने गत पहिलो खेलमा भने २-२ को बराबरी खेलेको थियो । आजको खेलमा दुवै तर्फबाट केही खतरा सिर्जना भएपनी गोल भने हुन सकेन । नेपालकी गोलरक्षक एन्जिला तुम्बाहाम्फेले केही जटिल बचाउ हरु गरेकी थीइन । साबित्रा भण्डारीको रोमान्चक अन्तिम समयको गोलको सहयोगमा पहिलो खेलमा नेपाल पराजित हुन बाट जोगिएको थियो । उक्त खेलमा ८९ औ मिनेट सम्म २-० ले पछी परेको नेपालले साबित्रा एक्लैको ९० औ र ९२ औ मिनेटको गोलको सहयोगमा २-२ को बराबरी गर्न सफल भएको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर