पल शाहले उच्च अदालतबाट पाए सफाइ

भोली रिहा हुनेआईतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

फागुन १४, पोखरा

उच्च अदालत पोखराले नायक पल शाहलाई सफाइ दिएको छ । आईतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । उनी बाल यौन दुरुपयोगको मुद्दामा थुनामा रहेका थिए । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

जिला अदालत नवलपरासी पुर्वको फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

नायक पल शाहलाई एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो भने नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नाबालिक गायिकाले अदालतमा बयान फेरेपछी पल शाहले सफाइ पाउने बाटो खुलेको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर