उनले मुस्ताङ जिल्लामा रहेको नेपालको युरेनियमको भण्डार विदेशीको नजरमा रहेको भन्दै मुस्ताङमा विश्वविद्यालय खोल्न दिनु खतरनाक भएको बताए ।

काठमाडौं, फागुन २० ,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा विश्वविद्यालय खोल्ने निर्णय गरेर देशलाई खेलमैदान बनाएको आरोप लगाएका छन् । आज पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुस्ताङमा विश्वविद्यालयलाई अनुमति दिनु विदेशीको तुष्टीकरण, नेपालको हितमा आँच पु¥याउने र मित्र राष्ट्र चीनविरुद्धको विश्वासघात भएको बताए । उनले मुस्ताङमा विश्वविद्यालय खोल्ने निर्णय गरेर सरकारले खम्पा विद्रोहलाई ठूलो परिमाणमा पुनर्जीवित गर्न खोजेको बताए । ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्नु नेपालको स्वाधीनताविरुद्ध पनि भएको बताए । उनले मुस्ताङ जिल्लामा रहेको नेपालको युरेनियमको भण्डार विदेशीको नजरमा रहेको भन्दै मुस्ताङमा विश्वविद्यालय खोल्न दिनु खतरनाक भएको बताए । राष्ट्रिय हित विपरित हुने कुरा विरुद्ध लड्नुपर्छ,’ ओलीले भने, ‘प्रचण्ड सरकारले विषादीको प्रयोग जाँच नगरी विदेशी तरकारी नेपालमा भित्र्याएर विदेशी सरकारलाई खुसी पार्न खोजेको ओलीले बताए । ‘विदेशी तरकारी जाँच गर्ने प्रणाली हामीसँग छैन भन्ने मलाई थाहा छ, तर हामीसँग जुनसुकै प्रणाली छ, त्यसलाई प्रयोग गरेर तरकारी जाँच गर्नुपर्छ ।’
ओलीले वर्तमान आठ दलीय गठबन्धनसँग मुलुकको समस्या समाधान गर्ने कुनै भिजन वा स्पष्ट योजना नभएको बताए । आफूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपती पदको प्रस्ताव गरेको तर स्वीकृति लिनका लागि नेपाली कांग्रेसमा गएको बताउँदै कांग्रेस नेताहरूले राष्ट्रपतिको निर्वाचनमा आफ्नो अडान स्पष्ट पार्न भनेका थिए । नेपालले गठबन्धनको साझा उम्मेदवार रामचन्द्र पौडेल हुने भन्दै आत्मसमर्पण गरेका थिए ।

