मित्र शक्तिलाई धोका दिन नचाहेर राष्ट्रपति अस्विकार गरे : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भातृ संगठनले आयोजना गरेको कार्यक्रममा आफूले मित्र शक्तिलाई धोका दिन नचाहेको भन्दै राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेको बताए ।

काठमाडौं, फागुन २० ,

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भातृ संगठनले आयोजना गरेको कार्यक्रममा आफूले मित्र शक्तिलाई धोका दिन नचाहेको भन्दै राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेको बताए । राजनीतिक स्थायित्वका लागि सहयोग गर्ने उनले बताए ।आफ्नो पार्टी कुनै पनि कम्युनिष्ट पार्टीसँग घुलमिल नहुने तर देशका सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गराउने प्रयासमा रहेको उनले बताए । उनले नेकपा एमाले, नेकपा एस र नेकपा (माओवादी केन्द्र)लाई एकताबद्ध गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनर्जीवित गर्न पनि आग्रह गरेको बताए । नेपालले समाजवादी शक्ति र नेकपालाई एकताबद्ध गर्न पहल गरिरहेको बताए । -माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले सकारात्मक प्रतिक्रिया जनाएका छन् । उनले भने, ‘तीन शक्ति मिलेर आएमा प्रतिनिधिसभा र देशमा राम्रो प्रभाव पर्छ । “यदि हामीले सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने हो भने सबैभन्दा पहिले बलियो बन्नु पर्छ,” नेपालले थपे।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर