प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु सहभागी छन् ।

चैत्र १५ , काठमाडौँ
मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल र सहमतिका लागि सत्तारुढ गठबन्धनका सदस्य दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई , लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र आम जनता पार्टीका अध्यक्ष प्रभु शाहको सहभागिता रहेको छ ।

