पाकिस्तानी सहित दुई पर्वतारोहीद्वारा सफल सगरमाथा आरोहण

नेपालका पासाङ टेम्बा शेर्पा र पाकिस्तानका नाइला कैनीले आज बिहान ८:०२ मा विश्वको सबैभन्दा अग्लो चुचुरोको सफल आरोहण गरेका छन् ।

बैशाख ३१ ,काठ्माडौँ

यो वसन्तमा थप दुई जनाले सगरमाथाको चुचुरोमा पुगेका छन् । नेपालका पासाङ टेम्बा शेर्पा र पाकिस्तानका नाइला कैनीले आज बिहान ८:०२ मा विश्वको सबैभन्दा अग्लो चुचुरोको सफल आरोहण गरेका छन् भने उनीहरुको आरोहण इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले सहजीकरण गरेको छ ।

आइसफलका डाक्टरहरूको टोलीले आरोहण मार्गमा डोरी फिक्सिङ गरेको एक दिनपछि उनीहरू चुचुरोमा पुगेका थिए।
कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले आज बिहान कैनी सगरमाथाको चुचुरोमा पुगेकी उनी सन् २०२३ मा विश्वको सबैभन्दा अग्लो चुचुरो आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय आरोही भएको बताए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर