जिल्ला प्रहरी परिसर काठमाडौं इलाकाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भुटानी नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

जेठ ४ , काठमाडौँ
नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले भुटानी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ । उनी भुटानी शरणार्थीका रुपमा नेपालमा बस्दै आएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं इलाकाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भुटानी नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
रिजाललाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउने कार्यमा संलग्नता रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । झापाबाट पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौं इलाकामा सोधपुछपछि म्याद थपका लागि जिल्ला अदालतमा लगिएको छ ।
नक्कली भुटानी शरणार्थी घोटालामा आर्थिक लेनदेनमा रिजालको संलग्नता रहेको प्रहरीको भनाइ छ ।