एक महिनाभित्रै नागरिकता समस्या समाधान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहेकोले नागरिकतासम्बन्धी समस्या एक महिनाभित्र समाधान हुने विश्वास व्यक्त गरे ।

जेठ ४ , काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहेकोले नागरिकतासम्बन्धी समस्या एक महिनाभित्र समाधान हुने विश्वास व्यक्त गरे ।

छलफलका क्रममा प्राप्त सुझाव, संकल्प प्रस्ताव वा मन्त्रिपरिषद्को निर्णयलाई प्रमाणित गर्न अनुरोध गरी प्रमाणीकरणका लागि अनुरोध गर्ने विकल्पबारे छलफल भइरहेको उनले बताए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर