बौद्ध तामाङ कल्याण गुठीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

श्री बौद्ध तामाङ कल्याण गुठीले भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।

गुठीका अध्यक्ष राजेन्द्र कुमार लामाको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लेलाई भेटेर सो रकम हस्तान्तरण गरेका हुन्। गत भदौ १० गते रसुवा भोटेकोशीमा गएको विनाशकारी बाढी पीडितको राहत तथा विपद् व्यवस्थापनमा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक दायित्वअन्तर्गत यो रकम प्रदान गरिएको अध्यक्ष लामाले बताउनुभयो।

गुठीले बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैबीच, गुठीले सोमबार बाढी९पहिरोमा परी ज्यान गुमाउनेहरूको आत्माको शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बौद्धनाथ स्तुप परिसरमा विशेष ‘ङोवा मोलम पूजा’ समेत आयोजना गरेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर