ट्रम्पले इजरायललाई २६ हजार करोड रुपैयाँका हतियार दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई २.८ अर्ब डलर बराबरका हतियार दिने तयारी गरिरहेको छ। यो प्याकेजमा करिब ४० हजार वटा भारी बम समावेश छन्।

प्रत्येक बमको तौल २ हजार पाउन्ड अर्थात् करिब ९०० किलो छ। यी बमको आपूर्तिमा पूर्वराष्ट्रपति जो बाइडेनले सन् २०२४ मा रोक लगाएका थिए।

प्रस्तावित हतियार प्याकेजमा २० हजार एमके–८४ र २० हजार बीएलयू–११७ बम छन्। सम्झौता भने अहिलेसम्म अन्तिम भइसकेको छैन।

अमेरिकी अधिकारीहरूका अनुसार यसबारे अमेरिकी कांग्रेसलाई अनौपचारिक जानकारी दिइसकिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर