‘राष्ट्र बैंकले आफ्नो भूमिकालाई पुन: परिभाषित गर्नुपर्छ’:अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक निकायका रूपमा मात्र नभई देशको आर्थिक रूपान्तरणको सहयात्री बनेर काम गर्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँगको समन्वय बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नियमनको उद्देश्य नियन्त्रण गर्नु मात्र नभएर उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम र सहज बनाउनु रहेको बताएका हुन् ।

निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड पनि दिए ।

विगत एक दशकको आर्थिक समीक्षा गर्दै अर्थमन्त्री वाग्लेले नीतिगत निर्णयहरू भएपनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताए ।मन्त्री वाग्लेले पछिल्लो समय उद्योगी-व्यवसायी र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएका छलफलको सन्दर्भ जोड्दै निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम र छिटो निर्णय प्रक्रिया खोजेको स्पष्ट पारे । बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारी सिर्जनामा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा राष्ट्र बैंकका अधिकारीहरूले गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर