काठमाडौं । पछिल्लो समयका प्रतिभावान गायक तुलसी सिवाकोटीले आफ्नो नयाँ सांगीतिक प्रस्तुति तिमी आयौ सार्वजनिक गरेका छन्। प्रेमिल शब्द र आधुनिक पप संगीतको समिश्रण रहेको यो गीत गायक सिवाकोटीको आधिकारिक युट्युब च्यानलमार्फत मे ८,
२०२६ मा प्रिमियर गरिएको हो।

गीतमा एक प्रेमीले आफ्नी प्रेमिकाको आगमनपछि जीवनमा आएको खुशी र उमङ्गलाई व्यक्त गरेका छन्। गीतका शब्द र संगीत रुआ स्टुडियो (Ruah Studios) ले तयार पारेको हो भने चर्चित संगीतकर्मी पुष्कर खत्रीले यसलाई संगीत संयोजन (Music Production), मिक्सिङ र मास्टरिङ गरी आधुनिक स्वरूप दिएका छन्।
भिडियोमा गायक तुलसी सिवाकोटी र मोडल सुरक्षा इटानीको लोभलाग्दो अभिनय र नृत्य देख्न सकिन्छ। निर्देशक सन्तोष राजबाहकले भिडियोलाई निकै कलात्मक ढंगले निर्देशन गरेका छन्। छायांकार उत्तम हुमागाईंको दृश्य कैद गर्ने शैली र कल्पेश विश्वकर्माको सम्पादनले भिडियोलाई स्तरीय बनाएको छ।

सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। प्रेमिल जोडीहरू र विशेष गरी युवा पुस्ताका श्रोताहरूलाई लक्षित गरी निर्माण गरिएको यो गीतले नेपाली पप संगीतको क्षेत्रमा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ।
गायक सिवाकोटीले यस गीतको निर्माणमा सहयोग पुर्याउने क्षितिज सापकोटा लगायत सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिएका छन्।

