इटालियन प्रशिक्षक भिन्सेन्जो राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त

पदपूर्ति समितिले सिफारिस गरेको अनुसार बैठकले भिन्सेन्जोलाई नियुक्ति गरेको हो ।

फागुन १७ , काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले भिन्सेन्जोलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

पदपूर्ति समितिले सिफारिस गरेको अनुसार बैठकले भिन्सेन्जोलाई नियुक्ति गरेको हो ।

मुख्य प्रशिक्षकका लागि १ सय ६८ जनाको आवेदन आएको थियो । जसमा पदपूर्ति समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो ।

३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यस अघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए ।

यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाएका थिए ।

उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोली समेत सम्हालिसकेका छन् ।  

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर