नेपालद्वारा मलेसिया १० विकेटले पराजित

यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ । यसअघि नेपालले सिंगापुर, कुवेत र हङकङलाई हराएको थियो ।

फागुन १६ , काठमाडौँ

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ ।

यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ । यसअघि नेपालले सिंगापुर, कुवेत र हङकङलाई हराएको थियो ।

युएईको मलेका क्रिकेट रंगशालामा आज भएको खेलमा नेपालले ७३ रनको लक्ष्य ९ ओभरमा बिना विकेट गुमाएर पुरा गरेको हो । नेपालका दुवै ओपनर नटआउट भए । दीपक बोहराले ३८ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनाएको थियो ।

अक्रम मलेकले २६ रन बनाए भने मोहम्मद ह्यारिसन र मोहम्मद स्याहिर स्यामिलले १२/१२ रन बनाए ।

नेपालका दीपेश कँडेलले ४ विकेट लिए भने मलेसियाका आकाश चन्दले २ तथा मिलन बोहरा र सुवास भण्डारीले एक विकेट लिए ।

नेपालले आफ्नो अन्तिम खेल मार्च २ मा युएईसँग खेल्नेछ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर