कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

माघ ६ , काठमाडौ

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिएका छन् ।

मुख्यमन्त्रीले संसदमा पेश गरेको विश्वासको प्रस्तावलाई २५ मत प्राप्त भएको थियो ।

प्रस्तावको पक्षमा नेकपा (माओवादी केन्द्र)का १३, नेकपा एमालेका नौ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का एक–एक र एक स्वतन्त्र सदस्यले मत दिएका थिए ।

४० सदस्यीय संसदमा नेपाली कांग्रेसका १४ सदस्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर