गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले दिए मन्त्रिपरिषद्लाई पूर्णता

माघ १० , काठमाडौँ 

तीन नयाँ मन्त्री थपिएपछि गण्डकी प्रदेश सरकारले मंगलबार पूर्णता पाएको छ ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो मन्त्रिपरिषद्मा नेकपा एमालेका रोशनबहादुर गाहा र वेदबहादुर गुरुङ र नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीलाई नयाँ मन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।


गण्डकी प्रदेश सरकारले सोमबार १२ वटा मन्त्रालयको संख्या घटाएर ७ मन्त्री बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री अधिकारीले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्को आकार घटाउने घोषणा गरेका थिए ।

गण्डकी मन्त्रिपरिषद:

मुख्यमन्त्रीः खगराज अधिकारी

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान

आर्थिक मामिला मन्त्री : सीताकुमारी सुन्दास

सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ

आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा


कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङ

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली
😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर