कामपाले आफ्नो फाइल र अभिलेख शाखा, सहकारी विभाग र जिल्ला समन्वय समिति अन्तर्गतका विभागलाई काठमाडौं प्लाजामा सार्न लागेको आचार्यले बताए ।

चैत्र १५ , काठमाडौँ
काठमाडौं महानगरपालिकाले सोही ठाउँबाट सेवा दिनका लागि आफ्नो कार्यालय काठमाडौं प्लाजामा सार्ने भएको छ । यस सम्बन्धमा केएमसी र नेपाल ट्रष्टबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । काठमाडौं प्लाजाको स्वामित्व ट्रष्टको छ । समझदारीपत्रमा कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त आचार्य र ट्रष्टका तर्फबाट सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरे ।
कामपाले आफ्नो फाइल र अभिलेख शाखा, सहकारी विभाग र जिल्ला समन्वय समिति अन्तर्गतका विभागलाई काठमाडौं प्लाजामा सार्न लागेको आचार्यले बताए ।अहिले कामपाअन्तर्गतका १६ वटा विभाग छुट्टाछुट्टै ठाउँमा सञ्चालित छन् । १० वर्षका लागि सम्झौता भएको सम्झौताअनुसार प्रत्येक पाँच वर्षमा भवनको भाडा १० प्रतिशतले बढाइने छ । प्लाजाले पाँच रोपनी दुई पैसा क्षेत्रफल ओगटेको छ भने यसको बेसमेन्टमा ७० चारपाङ्ग्रे र २०२ दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ छ । २०१५ को गोरखा भूकम्पअघि महानगर बागदरबारबाट सञ्चालनमा आएको थियो ।

