कोभिड–१९ सङ्क्रमित व्यक्ती सात दिन आइसोलेसनमा बस्नु : स्वास्थ्य मन्त्रालय

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ मा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिए सात दिन आइसोलेसनमा बस्नुपर्ने बताए ।

काठमाडौं, वैशाख ६,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण देखिए सात दिन आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ मा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिए सात दिन आइसोलेसनमा बस्नुपर्ने बताए ।

उनले लक्षण नदेखिएको संक्रमणको अवस्थामा अनिवार्य नभएको बताएका छन । त्यसैगरी, पाँच दिन वा पाँच दिनभन्दा बढी आइसोलेसनमा बिताइसकेका र विगत २४ घण्टामा ज्वरो नआएका व्यक्तिलाई आइसोलेसन आवश्यक पर्दैन। उनले सङ्क्रमित भएमा अरूबाट शारीरिक दूरी कायम गर्दै सात दिनको आइसोलेसन पूरा गर्न सिफारिस गरिएको बताए । उनले आइसोलेसनमा बसेकाहरूलाई सकेसम्म राम्रोसँग हावा चल्ने छुट्टै कोठा र छुट्टै शौचालय प्रयोग गर्न, उचित रूपमा मास्क लगाउन र प्रयोग पछि यसको उचित व्यवस्थापन गर्न र साबुन र पानीले पटक पटक हात धुन आग्रह गरेका छन । पछिल्लो समय कोभिड-१९ का केसहरू बढिरहेका छन्। मंगलबार, भाइरसबाट नयाँ मृत्युको साथ १७१ नयाँ केसहरू थपिएका छन । यो सङै अब सक्रिय केसहरूको संख्या ३९७ छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर