टिआइए टावर र विमानबीच सञ्चारमा समस्या आएपछि विगत दुई घण्टादेखि सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रभावित भएका छन् ।

बैशाख १० , काठमाडौँ
आइतबार दिउँसो सञ्चार प्रणाली बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घण्टा अवरुद्ध भएको थियो । जसका कारण टिआइए टावर र विमानबीच सञ्चारमा समस्या आएपछि विगत दुई घण्टादेखि सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रभावित भएका छन् । अहिले उडान सुचारु भएको त्रिभुवन बिमानस्थलका उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
सञ्चार प्रणालीको यो खराबीका कारण विमानस्थल भित्र र बाहिर जाने यात्रुलाई असुविधा भएको थियो ।

